सनराइज बैंकको वार्षिक साधारणसभा पुस २४ गते, बुक क्लोज कहिले ? « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

सनराइज बैंकको वार्षिक साधारणसभा पुस २४ गते, बुक क्लोज कहिले ?



काठमाडौं । सनराइज बैंकको १३ औँ वार्षिक साधारणसभा आगामी पुस २४ गते हुने भएको छ । कम्पनीको साधारण सभा १० बजेदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंङ्क्वेटमा हुने भएको हो । कम्पनीले आगामी पुस ७ गते एक दिन बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

बैंकले सेयरधनीलाई ८.२८ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई गरेको छ । गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद गरी ८.२८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै, सभाले उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिने वा प्राप्ति गर्न गराउनको लागि सबै प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्