नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधरण सभा,२०० प्रतिशत हकप्रद निष्काशन गर्ने « Arthapath.com
२२ पुष २०७७, बुधबार

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधरण सभा,२०० प्रतिशत हकप्रद निष्काशन गर्ने



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड साधारण सभा डाकेको छ । मंगलबार बसेको संचालक समितिको बैठकले माघ १६ गते, स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा १९ औँ वार्षिक साधारण सभा डाकेको हो ।

त्यस्तै बैंकले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने छ । बैंकले हालै बोर्डबाट स्वीकृती प्राप्त शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने छ ।

साथै बैंकको साधरण सभाले हकप्रद निष्काशनका साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाको लागी बैंकले पुस २९ गते एक दिन बुकक्लोज गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्