कुमारी बैंकको क्यूआर क्यास विथड्रल सुविधा « Arthapath.com
२९ पुष २०७७, बुधबार

कुमारी बैंकको क्यूआर क्यास विथड्रल सुविधा



काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यू आर स्क्यान एण्ड विथड्रल सुविधाको थालनी गरेको छ ।

उक्त सुविधा अन्तर्गत कुमारी बैंकका ग्रार्हकहरुले बिना कार्ड या चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथड्र गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउन्टरमा राखिएका क्यूआर कोड ९त्तच् ऋयमभ०अंकित टेलर स्ट्यान्ड मार्फत उक्त सेवाको लाभ लिन सक्नेछन् ।

क्यू आर प्रणाली मार्फत निकालिने नगदकारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १ सय ९२ शाखा सञ्जाल, १ सय ५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।


प्रतिक्रिया दिनुहोस्