कामना सेवा विकास बैंकको चौधौं साधारण सभा सम्पन्न « Arthapath.com
२९ पुष २०७७, बुधबार

कामना सेवा विकास बैंकको चौधौं साधारण सभा सम्पन्न



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधरण सभा काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु २,५४,०१,९५,३५२.०२ को ४.४० प्रतिशतका दरले हुने रकम रु. ११,१७,६८,३७९.५७ बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात रु. ५८,८२,५४६.२९ बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी कुूल ४.६३ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बैंकले आ.व. २०७७÷०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जि.पि. राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति भएका छन ।


त्यस्तै उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६÷०७७ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७÷०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।

यससंगै कोभिडको प्रभाव कम हुंदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुंदै गएको हुनाले शाखा सञ्जाल, बैंकि¨ कारोबारको संख्यामा भएको उल्लेख्य बृद्घि, कर्जा तथा निक्षेपमा भएको वृद्धि, डिजिटाइजेसनमा गरेको दिगो लगानी, बजारमा बैंकले पारेको प्रभाव तथा साख आदिको कारण आगामी वर्ष राम्रो प्रतिफल प्रदान गर्नेमा विश्वस्त रहेको समेत जानकारी गराउनुभयो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताएका छन ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा १ विस्तारित शाखा साथै ६६ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Online Account Opening, Social Media Banking, SMS Banking, Mobile Banking, C-ASBA, Smart Teller Internet Banking, Connect IPS, E-wallet Load लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्