सनराइज बैंकको डेपुटी सीईओको जिम्मेवारी राणालाई « Arthapath.com
२६ माघ २०७७, सोमबार

सनराइज बैंकको डेपुटी सीईओको जिम्मेवारी राणालाई



काठमाडौं । सनराइज बैंक लिमिटेडको डेपुटी सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छन् । सोमबार बसेको संचालक समितिको बैठकले बैंकको राणालाई डेपुटी सिईओमा नियुक्त गरेको हो ।

सनराइज बैंकको डिजिएम रहेकी राणा १४ महिनाअघि सनराइज बैंकमा नियुक्त भएकी थिइन । राणा यसअघि ग्लोवल आईएमई बैंकको एजिएममा कार्यरत थिइन् । ग्लोवल बैंकको सीईओ छोडेर सनराइज बैंकको सीईओ बन्न पुगेका जनक शर्मा पौडेलले आफु नियुक्ती भएको केही महिनामै राणालाई लगेका थिए ।

सनराइज बैंकमा राणासंगै अन्य ३ जना डिजिएम कार्यरत रहेका छन । राणालाई डेपुटी सीईओ बनाएपछि अपछ कुमार यादव, रविन नेपाल र सवेन्द्र मिश्र डिजिएम रहेका छन ।

लामो समयदेखिको बौंकिङ क्षेत्रको अनुभव रहेको राणाले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, कर्पोरेट लेण्डिङ, ब्रान्च म्यानेजमेण्टलगायतका विभागमा रहेर काम गरीसकेकी छन् ।


प्रतिक्रिया दिनुहोस्