एनएमबी बैंकले ल्यायो भ्यालेन्टाइन स्कीम, भिजा कार्डमार्फत सामन किन्नदेखी रेष्टुरेन्टसम्म छुट « Arthapath.com
२६ माघ २०७७, सोमबार

एनएमबी बैंकले ल्यायो भ्यालेन्टाइन स्कीम, भिजा कार्डमार्फत सामन किन्नदेखी रेष्टुरेन्टसम्म छुट



काठमाडौं । एनएमबि बैंकले भ्यालेन्टाइनको उपलक्ष्यमा विभिन्न स्कीमहरु ल्याएको छ । बैंकको भ्यालेन्टाइन सप्ताहको अवसर पारेर बैंकको भिजाकार्ड मार्फत विभिन्न सामान किन्दा र रेष्टुरेन्टामा खाँदासमेट छुट पाइने व्यवस्था गरेको छ ।

बैंकले आफ्नो कार्ड प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको हो । यसका लागि बैंकले विभिन्न रेष्टुरेण्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट को भिजा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।


प्रतिक्रिया दिनुहोस्