नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गते, शुक्रबारबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेको ऋणपत्र निष्काशन गर्न असोज ५ गते सोमबार निवेदन पेश गरेकोमा बोर्डले बैंकलाई मंसिर १८ गते, बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।

न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्