मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यथावत, आर्थिक गतिविधि सामान्य भएसँगै पुनरावकलोन गर्ने « Arthapath.com
२ फाल्गुन २०७७, आईतवार

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यथावत, आर्थिक गतिविधि सामान्य भएसँगै पुनरावकलोन गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक मौद्रिक नीतिको अर्धकार्षिक समिक्षालाई यथावत कायम गरेको छ । राष्ट्र बैंकले पुरानै लाई कायम गर्दै यथावता राखेको जनाएको हो । आइतबार गरिएको पत्रकार सम्मेलनमार्फ राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धकार्षिक समिक्षामा परिवर्तन नगरिएको बताएको हो । सेयर धितोमा कडाई गर्ने हल्लाले बजारमा गिरावट आएको थियो तर मौद्रिक नीति समिक्षामा भने कुनै परिवर्तन गरिएको छैन । आइतबार घटेको सेयर बजार सोमबारदेखि पुन बढ्ने विश्वास लिएको छ ।

कोरोनाले थलिएको अर्थ व्यवस्था सामान्य बन्दै गएकाले यसलाई यथावत राखिएको हो । तर, आर्थिक गतिविधि सामान्य भएसँगै पुनरावकलोन गर्ने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले सक्रिय कर्जाहरुलाई पुनरकर्जा तालिकीकरण गर्न दिने भएको छ । बक्यौताको १० प्रतिशत पनि ब्याज तिर्न नसक्ने विशेषगरी पर्यटनक्षेत्रका व्यवसायीहरुलाई आगामी आषढसम्म कर्जा पुनरसंरचना गरिएको छ । तर ५ प्रतिशत ब्याज भने तिर्नुपर्ने राष्ट्र बैंकले जनाएको हो ।

अर्थतन्त्र विस्तारको बाटेमा अगाडि बढेको, आर्थिक स्थायित्वका कृयाकलाप सुदृढ र मूल्य वृद्धि नियन्त्रणमा रहेको गभर्नर महाप्रसाद अधिकारीले बताए । गभर्नर अधिकारीले भने, “निक्षेप परिचालन र कर्जामा सुधार आएको पुनरकर्जा र सुहलियतपूण कर्जा परिचालन पनि सुधार भएको र पुनकर्जाको रकम ८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको र ८२ अर्ब परिचालन गरिएको छ । ६० हजार ८९९ ऋणीलाई एक खर्ब ३७ करोड सहुलियत पूर्ण कर्जा प्रवाह गरिएको छ ।”


प्रतिक्रिया दिनुहोस्