ग्लोबल आइएमई बैंकले ३० लाख कित्ता ऋणपत्र ल्याउँदै « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

ग्लोबल आइएमई बैंकले ३० लाख कित्ता ऋणपत्र ल्याउँदै



काठमाडौं । ग्लोवल आइएमई बैंकले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंककले यही चैत्र १ गतेदेखी ऋणपत्रको निष्काशन गर्न लागेको थियो । बैंककले ८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७ ल्याउन लागेको जनाएको छ । एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंककले १ अर्ब २० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागी विक्री गर्न लाखेको हो । ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको जनाएको छ । चैत्र १ गतेदेखी छिटोमा ४ गतेसम्म विक्री गर्ने लक्ष्य लिएको छ । ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

१० वर्षको अवधी रहेको ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गरिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्