मौद्रिक नीतिको संशोधित व्यवस्थाले बजारलाई के असर गर्छ ? मनोज ज्ञवालीको समीक्षा « Arthapath.com
११ जेष्ठ २०७८, मंगलवार

मौद्रिक नीतिको संशोधित व्यवस्थाले बजारलाई के असर गर्छ ? मनोज ज्ञवालीको समीक्षा



मनाेज ज्ञवाली

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत् अघि सारेका व्यवस्थालाई मंगलवारबाट कार्यान्वयनमा ल्याएको छ । एकीकृत निर्देशिकाको संशोधन गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । यसमा भएका केही मूलभूत परिवर्तन के हुन् र त्यसले बजारलाई के असर पार्छ भन्ने धेरैको चासो हुनसक्छ ।

मौद्रिक नीतिको सबैभन्दा ठूलो असर सेयर बजारमा देखिने संभावना छ । यसले आगामी दिनमा सेयर बजारलाई बाटो बदलेर नियन्त्रित हुन सघाउँछ । सेयरको सट्टेबाजीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

सँगसँगै एसएमएस सेवा प्रदायक कम्पनीको व्यवसाय बढ्ने देखिएको छ । उनलीहरुले वार्षिक ७-८ करोडको अतिरिक्त बजार पाउन सक्छन् । नबील बैंकका उपमहाप्रबन्धक मनोज ज्ञवालीले यसबारे अलि विस्तृतमा चर्चा गरेका छन् ।

के हुन् परिमार्जित मुख्य व्यवस्था ?

१. अक्सिजन प्लान्टको लागी आधार दरमा कर्जा दिनुपर्ने ।

२. विद्युतीय परियोजनाको व्यवसायिक उत्पादनमा ढिलाइ भए आयोजनाले लिएको ऋणको ब्याज पूँजीकरण गर्न सकिने ।

३. मानव सेवा आश्रम र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थालाई दिएको रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा गणना हुने ।

४. कोभिड को कारणले भएको निषेधाज्ञा अवधि भर र त्यसपछिको ७ दिनसम्म बैंकले ऋणिसँग हर्जनालगायत कुनै थप रकम असुल्न नपाउने ।

५.बाणिज्य बैकहरु एक आपसमा मर्जर या प्राप्तिमा जांदा दिइने छुटको लागी मर्जर/प्राप्तिको समय सिमा २०७८ असार बाट २०७९ असार सम्म सारियो ।

६. बैक तथा बित्तीय संस्थाहरुले १ बर्ष भन्दा कम अवधिको लागी शेयर बजार मार्फत शेयर खरिद बिक्री गर्न रोक । लघुबित्तको साधारण शेयर खरिदमा प्रतिबन्ध । यसअघि किनेको सेयर आउँदो पुससम्म बिक्री गरिसक्नु पर्ने ।

७. शेयर धितो कर्जाको लागी १८० दिनको औषत मुल्यलाई सन्दर्भ मान्नुपर्ने । यसअघि १२० दिनको औसत मूल्यको हिसाब गर्न पाइने व्यवस्था थियो ।

८. निषेधाज्ञा सकिएको १ महिनासम्म ऋण असुली प्रक्रियामा धितो लिलामी गर्न नपाइने ।

९. निषेधाज्ञाको समयमै ग्राहकले ब्याज र किस्ता भुक्तानी गरेमा बैक तथा बित्तीय संस्थाको सञ्चालक समितिले औपचारिक निणर्य गरेर छुट दिन सक्ने ।

१०. ग्राहक पहिचान फारम डिजीटल माध्यमबाट भरेर निष्क्रिय खातालाई पुनः सञ्चालनको ब्यबस्था गर्ने ।

११. निक्षेप तथा कर्जाको व्याजदर परिवर्तन गर्दा ग्राहकलाई विद्युतीय माध्यममार्फत तत्काल जानकारी गराउनुपर्छ पर्ने ।

यसले बजारमा के कस्तो असर पार्छ ?

१. कर्जाका ग्राहकलाई ब्याज तथा किस्ता चुक्ता गर्ने समयावधिमा राहत मिल्ने छ । तर यसले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने जोखिम हुन्छ ।

२. हरेक पटक ब्याज परिवर्तन गर्दा बैंकका लाखौं रुपैयाँ एसएमएस खर्चमा सकिने छ यसले एसएमएस सेवा प्रदायक कम्पनीको आम्दानीमा आकर्षक बढोत्तरी हुने छ । ३ करोड ६४ लाख निक्षेप खाता र १६ लाख ८० हजार ऋण खातामा एक पटक ब्याजदर परिवर्तन हुँदा बैक तथा वित्तीय संस्थालाई झण्डै ३ करोड रुपैयाँ एसएमएसमा खर्च हुने छ । हरेक तीन महिनामा ब्याजदर परिमार्जन गर्न सकिने राष्ट्र बैंकको नियम अनुसार गर्ने हो भने सबै बैंक तथा वित्तीय संस्थाले वर्षको १२ करोड रुपैयाँ यसमा खर्च गर्नुपर्ने हुन्छ । यद्यपि, एसएमएस बैंकिङको नाममा बैंकहरुले ठूलो शुल्क ग्राहकसँग पनि लिइरहेका छन् ।

३. शेयर बजारमा अब बंैक तथा बित्तीय संस्थाको थप लगानी नहुने भएको छ । बैक तथा बित्तीय संस्थाले अरु बैक तथा बित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाउने हुन्छ । जलविद्युत्, बीमा र अन्य क्षेत्रका अधिकांश कम्पनीको लाभांश प्रतिफल २ प्रतिशतभन्दा कम छ । बजारमा एक बर्षको जोखिम लिएर ट्रेजरी बिल्सभन्दा सस्तो प्रतिफल दर भएको सेयरमा कुनै बैंक तथा बित्तीय संस्थाले पैसा हाल्दैन । केही संस्थाको सट्टेबाजी आम्दानी बन्द हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्