सिभिल बैंककाे सीइओमा सुनिल पाेखरेल नियुक्त

काठमाडाैं । सिभिल बैंककाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल पाेखरेल नियुक्त भएका छन् ।
जेठ २७ गते आज बसेकाे ३४५ औं संचालक समितिकाे बैठकले पाेखरेललाई ४ वर्षकाे लागी सीइओमा नियुक्त गरेकाे बैक स्राेतले बताएकाे छ ।
२ जेठ २०७६ मा सिभिल बैंककाे डेपुटी सीइओमा नियुक्त भएका पाेखरेल दुई वर्षपछि सीइओमा नियुक्त भएका हुन । गत बैसाख १८ गते बैंककाे सीइओ गाेविन्द गुरूङले राजिनामा दिएर म्यानमारकाे सिटिजन्स बैंककाेमा गएपछि बैकले पाेखरेललाई आगामि असार १८ गतेबाट लागु हुनेगरी सीइओमा नियुक्त गरेकाे हाे ।
पाेखरेलले एनआईसि, नविल, स्टाण्डर्ड चाटर्ड बैंक हुँदै म्यानमारकाे एसियन ग्रिन डेभलपमेन्ट बैंकमा गरी ३० वर्ष काम गरिसकेका छन् । पाेखरेलकाे प्रवेशले सिभिल बैंकले प्रगति गरिरहेकाे छ ।