कृषि विकास बैंकको सञ्चालकमा रमेश कुमार के.सी. नियुक्त « Arthapath.com
१६ असार २०८२, सोमबार

कृषि विकास बैंकको सञ्चालकमा रमेश कुमार के.सी. नियुक्त



काठमाडौँ । कृषि विकास बैङ्क लिमिटेडको सञ्चालकमा रमेश कुमार नियुक्त भएका छन् । बैङ्कले संस्थापक शेयर धनी नेपाल सरकार, अर्थ मन्त्रालयको पत्रअनुसार सहसचिव रमेश कुमार केसीलाई मन्त्रालयको प्रतिनिधिको रूपमा बैङ्क सञ्चालक सदस्यको रूपमा मनोनयन गरेको हो ।

बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य के.सी.लाई बैङ्क सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलासङ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।

शपथ ग्रहण कार्यक्रममा कृषि विकास बैङ्कका सञ्चालक सदस्यहरू डा हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), सञ्जीव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरागाईँ, कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय लगाएतका उपस्थित रहेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्