सनराइज बैंकको साधारण सभा पौष १५ गते, बुक क्लोज कहिले ?

काठमाडौं । सनराइज बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितको बैंठकले १४ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकको वार्षिक साधारण सभा पौष १५ गते (बिहीबार) आम्रपालि बैंङक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ः३० बजे शुरु हुनेछ ।
बैंकको साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको वासलता तथा सोही मितिमा समाप्त भएको आ।व २०७७–७८ को नाफा–नोक्सा हिसाब तथा नगद प्रवाह वितरण लगायतका बार्षिक वित्तीय विवरण छलफ गरी पारित गरिनेछ । गत आर्थिक बर्षको सञ्चालक समितिको प्रतिवेदन छलफगरी पारित गर्नेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष ४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । मंसिर २ गते शुक्रबार र ३ गते शनिबार परेको हुँदा १ गते सम्म कायम शेयरधनीहरुले मात्रै पाउनेछन् ।