इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरको आज अन्तिम दिन, राष्ट्र बैंकसँग पुनः समय माग « Arthapath.com
१९ मंसिर २०७८, आईतवार

इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरको आज अन्तिम दिन, राष्ट्र बैंकसँग पुनः समय माग



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको मर्जरको समयावधि सकिएको छ । राष्ट्र बैंकले दुई बैंक मर्जरका लागि दिएको अन्तिम समय आइतबार अर्थात् मंसिर १९ गते सकिएको हो । राष्ट्र बैंकले तोकिदिएको समय सीमाभित्र मर्जरको निर्णय गर्न नसकेपछि दुई बैंकले पुनः समय थपका लागि राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।

मर्जर नगर्दा राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्नेछ । दुबै बैंकको मर्जर कमिटीले आइतबार मर्जरमा केही अन्योलता भएको हुँदा त्यसलाई सहजीकरण गर्ने प्रक्रिया अगाडि बढेको भन्दै समय थप्न बैंकहरुले केन्द्रीय बैंकलाई पत्र लेखेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्नको लागि साधारणसभा बोलाइसकेको छ भने यता हिमालयन बैंकले मर्जरको विषयमा निर्णय गर्न नसक्दा साधारणसभा समेत बोलाउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्