१३.६८ प्रतिशत लाभांश पारित गर्न लुम्बिनी विकास बैंकको साधारण सभा पौष ९ गते, बुक क्लोज कहिले ? « Arthapath.com
२४ मंसिर २०७८, शुक्रबार

१३.६८ प्रतिशत लाभांश पारित गर्न लुम्बिनी विकास बैंकको साधारण सभा पौष ९ गते, बुक क्लोज कहिले ?



काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा पौष ९ गते, शुक्रबार बिहान केन्द्रिय कार्यालय, डिल्लीबजार काठमाडौंमा बोलाएको हो । बैंकको वार्षिक साधारण सभा अनालाइनमार्फत हुनेछ ।

बैंकको सभाले आर्थिक बर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, नफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसुचीहरु छलफल गरी पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ वमोजिम आव २०७८–७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्नेछ ।

त्यस्तै, बैंकको सभाले विकास बैंकको जारी तथा चुक्ता पुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजारु ५४९ रुपैयाँ रहेकोमा बोनस शेयर वितरण पश्चात जारी तथा चुक्ता पूँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, विकास बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गभ्न–गाभिन वा एक्विजिसन (प्राप्ती) सम्वन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पति दायित्व तथा कारोबारका मूल्यांकफर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

त्यस्तै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफा हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.६८४२५ ले हुन आउने नगद लाभांश गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै बैंकको लाभांश तथा साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्