ग्लोबल आईएमई बैंकको साधारण सभाले पारीत गर्यो १३.५ प्रतिशत लाभांश « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल आईएमई बैंकको साधारण सभाले पारीत गर्यो १३.५ प्रतिशत लाभांश



काठमाडौं । ग्लोबल आईएमई बैंकको १५ औं साधारण सभाले १३.५ प्रतिशत लाभांश पारीत गरेको छ । बैंकको १५ औं साधारण सभा आज नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा सम्पन्न भएको हो ।

साधारण सभाले हाल कायम चुक्ता पुजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ३.५ प्रतिशत नगद गरि कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गरेको छ ।

साथै साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणलाई स्वीकृत प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्