तरलता सङ्कट गहिरिएपछि तनावमा बैङ्कका कर्मचारी, डिपोजिट टार्गेट कहिलेसम्म ? « Arthapath.com
१ पुष २०७८, बिहीबार

तरलता सङ्कट गहिरिएपछि तनावमा बैङ्कका कर्मचारी, डिपोजिट टार्गेट कहिलेसम्म ?



काठमाडौं । आइतबार प्रभु बैङ्कको एक कर्मचारीले यस यस संबाददातासंग लोन डिपोजिट चाहियो भन्दै फोन गरे । बैंकमा जागिर खाएको ५ वर्ष पुग्यो अहिलेसम्म डिपोजिटको टार्गेट थिएन अहिले टार्गेटले टाउको खाएको बताए । प्रभु मात्रै होइन अहिले २७ ओटै वाणिज्य बैङ्कका कर्मचारीलाई निक्षेप खोज्न दबाब छ । बैङ्कका जुनियर असिष्टेनको लागी ५० करोड सिनियर म्यानेजरको लागी करोड माथिको टार्गेट छ ।  

अहिले बैङ्कका कर्मचारीलाई लेबल अनुसारको निक्षेप टार्गेट दिइएको छ । पछिल्लो समय नेपालमा तरलताको सङ्कट अत्याधिक देखिएको छ । तरलताको सङ्कट गहिरिएपछि बैङ्कका कर्मचारीहरू रेगुलर कामनै छोडेर डिपोजिट टार्गेट पुरा गर्न लागिपरेका छन् । 

सरकारले विकास खर्च गर्न नसक्दा बजारमा तरलताको चरम अभाव देखिएको छ । असार पछि सुरु हुनुपर्ने विकास खर्च अहिले सम्म ५ प्रतिशत पनि नहुनु र कोभिडका कारण करिब २ वर्षदेखि ठप्प अन्य व्यवसायहरू पनि सुरु हुनाले मुख्यरुपमा तरलता सङ्कट देखा परेको जानकारहरू बताउँछन् । 

तरलता सङ्कटको समाधानका लागि सरकारले विभिन्न उपाय अवलम्बन गरे पनि अहिलेसम्म यो समस्या समाधान उन्मुख नदेखिएको जानकारहरू बताउँछन् । नेपाल राष्ट्र बैङ्कले बेला बेलामा रिपोमार्फत बजारमा रकम पठाउने गरेको छ, तर बजारमा जुन मात्रामा कर्जाको माग आइरहेको छ त्यसको अनुपातमा राष्ट्र बैङ्कले जारी गर्ने रिपोहरू एकदमै कम रहेको छ । 

अहिले तरलताको समस्या समाधानकै लागि भनेर नेपाल राष्ट्र बैङ्कले विभिन्न सर्तहरूसहित नेपालका वित्तीय संस्थाहरूले गैर आवासीय नेपालीहरूले पनि अनलाइनबाटै बैङ्क खाता खोलेर विदेशी मुद्रामा निक्षेप सङ्कलन गर्न सकिने गरी हालको व्यवस्थालाई संशोधनसमेत गरेको छ । 

त्यस्तै, सरकारले यसअघि स्थानीय तहमा जाने बजेटको ५० प्रतिशत हिस्सा मात्र निक्षेपका रूपमा स्वीकार गर्न सकिने व्यवस्थालाई परिमार्जन गर्दै अब स्थानीय तहमा जाने बजेटको ७५ प्रतिशत हिस्साई निक्षेपका रूपमा स्वीकार गने  प्रक्रिया अघि बढेको छ । यसरी विभिन्न निकायहरू अहिले बैङ्कहरूमा देखिएको तरलताको समस्या समाधानका लागि भन्दै बैङ्कहरूले आफ्ना कर्मचारीहरूलाई मुद्दती निक्षेप सङ्कलनका लागि दबाब दिइरहेको पाइएको छ । 

“अहिले निक्षेपको तुलनाम अत्यधिक बढी कर्जा माग भइरहेको छ यस्तो अवस्थामा व्यवस्थाबाट हामीलाई जहाँबाट जति सकिन्छ त्यति निक्षेप सङ्कलन गर्न भन्दै दबाब आइरहेको छ”, एक वाणिज्य बैङ्कमा कार्यरत कर्मचारीले भने । नेपालमा यसअघि पनि विभिन्न समयमा तरलताको सङ्कट देखा परेको थियो, तर यो पटक भने परिस्थिति भिन्न देखिएको बैङ्कका कर्मचारीहरू बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने “मैले बैङ्कमा काम गरेको करिब २० वर्ष हुन थाल्यो, तर अहिलेसम्म बैङ्कले टार्गेट दिएर नै मुद्दती निक्षेप सङ्कलन गर्न लगाएको थाहा थिएन । तर, यो पटक विभिन्न बैङ्कहरूले कर्मचारीहरूलाई टार्गेट नै दिएर निक्षेप सङ्कलनका लागि दबाब सृजना गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्