सीईओ ढुंगानाको कार्यकालमा एनबि बैंकका शेयरधनीले पाए १२२ प्रतिशत लाभांश, बोनस र नगद कति ? « Arthapath.com
१५ पुष २०७८, बिहीबार

सीईओ ढुंगानाको कार्यकालमा एनबि बैंकका शेयरधनीले पाए १२२ प्रतिशत लाभांश, बोनस र नगद कति ?



काठमाडौं । नेपाल बङ्गलादेश बैंक नबिल बैंकमा मर्जरमा जाने चर्चा ब्यापक चलेको छ । सम्भवतः अर्काे साता नबिल बैंक र एनबि बैंकबीच एमओयू हुने स्रोतले बताएको छ । नेपाल बंगलादेश बैंकमा ४१ प्रतिशत शेयर बंगलादेशको आईएफसी बैंकको छ । आईएफसी बैंकले एक्जिट हुने निर्णय गरिसकेको छ । उक्त शेयर उद्योगपति विनोद चौधरीले किन्ने र नबिल बैंकसँग मर्जरमा लैजाने तयारी छ ।

नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल सकिदैँ छ । १० बर्ष अघि सीईओमा नियुक्त भएका ढुंगाना २०६८ सालमा एनबि बैंकको सीईओमा नियुक्त भएका थिए ।

बैंकको सञ्चालक समितिको बैठकले सीईओ ढुंगानाको दोस्रो कार्यकाल भदौ २०७४ मा थपेको थियो । ढुंगानाले दुई कार्यकाल बैंकको सीईओ पदको जिम्मेवारी सम्हालेका हुन् । बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका ढुंगान सफल बैंकर मानिन्छन् ।

ढुंगानाको कार्यकालमा लगातार शेयरधनीहरुलाई लाभांश दिँदै आएका छन् । ढुंगानाको नेतृत्वले समस्यामा परेको एनबि बैंकलाई नियमित लाभांस दिने अवस्थामा पुर्याएको हो । ढुंगानको कार्यकालमा शेयरधनीहरुलाई बैंकले १२२.२४ प्रतिशत लाभांश दिएको छ । जसमा ९२ प्रतिशत बोनस शेयर र ३०.२४ प्रतिशत नदग लाभांश दिएको हो ।

१. आर्थिक बर्ष २०७७–७८ मा बैंकले १२ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत गरी कूल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

२. आर्थिक वर्ष २०७६–७७ मा बैंकले ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०७५–७६ मा बैंकले ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७४–७५ मा बैंकले बोनस शेयर दिएको थिएन भने नगद लाभांश १०.५३ प्रतिशत वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७३–७४ मा बैंकले १२ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. आर्थिक वर्ष २०७२–७३ मा बैंकले ३२ प्रतिशत बोनस शेयर र १.६८ प्रतिशत नगद गरी कूल ३३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. आर्थिक वर्ष २०७१–७२ मा बैंकले २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. आर्थिक वर्ष २०७०–७१ मा बैंकले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद गरी कूल २२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

९. आर्थिक वर्ष २०६९–७० मा बैंकले १० बोनस शेयर र ७.८९ प्रतिशत नगद गरी कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्