विकास बैंकको लाभांशः महालक्ष्मीले सर्वाधिक दिँदा सांग्रिला पुच्छारमा, अन्यको कति ? « Arthapath.com
१८ पुष २०७८, आईतवार

विकास बैंकको लाभांशः महालक्ष्मीले सर्वाधिक दिँदा सांग्रिला पुच्छारमा, अन्यको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्ष २०७७–७८ को असार मसान्तसम्ममा १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । जिल्लास्तरियदेखि राष्ट्रिय स्तरियका गरी जम्मा १८ वटा विकास बैंकहरु सञ्चालनमा रहेका छन् । जसमा केही बैंकहरु मात्रै नेप्सेमा सूचीकृत रहेका छन् । हालसम्म नेप्सेमा सूचीकृत भएका विकास बैंकहरु मध्ये ८ वटा विकास बैंकले मात्रै गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

हालसम्म महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, लुम्बीनी विकास बैंक, शाईनरेसुङ्गा डेभलपमेन्ट बैंक र सांग्रिला बैंकले लाभांश घोषणा गरेका हुन ।

लाभांश घोषणा गरेका बैंकहरुमा सबैभन्दा धेरै लाभांश महालक्ष्मी विकास बैंकले २१.०५२६ प्रतिशत वितरण गर्ने भएको छ भने सबैभन्दा कम लाभांश सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२६३ प्रतिशत वितरण गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्