एभरेष्ट बैंकको खुद नाफा १२.७९ प्रतिशत बढ्यो « Arthapath.com
७ माघ २०७८, शुक्रबार

एभरेष्ट बैंकको खुद नाफा १२.७९ प्रतिशत बढ्यो



काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १२.७९ प्रतिशत बढेर ८३ करोड ८९ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ९६ करोड १९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी १२.५० प्रतिशत बढेर २ अर्ब १२ करोड ६९ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ८९ करोड ७ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा १२.७४ प्रतिशत घटेर १ अर्ब १९ करोड ८९ लाख ८० हजार रुपैयाँ र वितरणयोग्य मुनाफा २ अर्ब ४६ करोड ११ लाख ७ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.९७ प्रतिशत बढेर ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ९.२१ प्रतिशत घटेर ८ अर्ब ३० करोड ४९ लाख ३१ हजार रुपैयाँ, निक्षेप ३.१२ प्रतिशत बढेर १ खर्ब ६५ अर्ब २१ करोड ७६ लाख ४१ हजार रुपैयाँ र कर्जा ११.७२ प्रतिशत बढेर १ खर्ब ४१ अर्ब ६४ करोड ६० लाख ३१ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८३ पैसाले घटेर १७ रुपैयाँ ८ पैसामा सिमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ भने २२१ रुपैयाँ ११ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्