मंगलबार १ हजार ६०० ले घट्यो सुनको मूल्य, चाँदी पनि १४० रुपैयाँ सस्तियो « Arthapath.com
९ असार २०८३, मंगलबार

मंगलबार १ हजार ६०० ले घट्यो सुनको मूल्य, चाँदी पनि १४० रुपैयाँ सस्तियो



काठमाडाैं । मंगलबार पुनः नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। गत बुधदेखि लगातार घटेकाे सुनकाे भाउ हिजाे साेमबार भने बढेकाे थियाे। आज फेरि सुन ताेलामा १ हजार ६०० रुपैयाँ घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ गत बुधबार ताेलामा १ हजार २०० , बिहिबार १००, शुक्रबार तोलामा १० हजार ५०० घटेको सुनको भाउ, आइतबार र सोमबार सामान्य बढेको थियो ।

त्यस्तै, यस दिन चाँदी प्रतितोला १४० रुपैयाँ घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलाको चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्