राष्ट्र बैंकले ७ लाख रुपैयाँभन्दा बढी नगद कारोबार गर्नेको विवरण माग्यो « Arthapath.com
२० माघ २०७८, बिहीबार

राष्ट्र बैंकले ७ लाख रुपैयाँभन्दा बढी नगद कारोबार गर्नेको विवरण माग्यो



काठमाडौं । नेपाल राष्ट्र बैंक क बर्गका वाणिज्य बैंकहरुलाई ७ लाखभन्दा माथिको कारोबार गर्ने ग्राहकहरुको विवरण पठाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क बर्गका वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई पत्र पठाउँदै ७ लाभन्दा बढी नगद कारोबारको विवरण पठाउन निर्देशन दिएको हो ।

यस विभागको सम्पत्ति शुद्धिकरण अनुगमन इकाईले बैंकको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाको विषयमा स्थलगत तथा गैर–स्थलगत सुपरिवेक्षण गर्दै आएको विदितै छ । सोही सन्दर्भमा बैंकबाट २०७८ साउन १ गतेदेखि २०७८ पौष ३० गतेसम्मममा प्रति कारोबार ७ लाख रुपैयाँ वा सोभन्दा बढी नगदमा भएका कारोबारहरुको विवरण पठाउन निर्देशन दिएको हो ।

हाल १० लाख रुपैयाँसम्मको मात्रै नगद कारोबार हुने गरेको छ । १० लाख रुपैयाँ भन्दा माथिको कारबोर चाहीँ चेकमार्फत गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले बैंकहरुलाई गरेको पत्राचार अनुसार ७ लाखभन्दा माथिको नगद कारोबार गर्नेको विवरण राष्ट्र बैंकले अनुसन्धान गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार खातावालाको नाम, खाता नम्वर, कारोबार रकम, डेभिट तथा क्रेडिट (डीआर–सीआर) कारोबार भएको मिति, सिविएस सम्बन्धी टिप्पणी, कण्डक्टर विवरण र यदि अन्य विवरण भएमा पठाउनुपर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्