शाखारहित बैंकिङ्ग सेवा सञ्चालनका लागि राष्ट्र बैंकको नयाँ निर्देशन, सञ्चालन र बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

शाखारहित बैंकिङ्ग सेवा सञ्चालनका लागि राष्ट्र बैंकको नयाँ निर्देशन, सञ्चालन र बन्द गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ्ग सेवालाई व्यवस्थित गर्न नयाँ निर्देशन जारी गरेको छ । शुक्रबार राष्ट्र बैंकले शाखारहित बैंकिङ्ग सेवा तथा आधिकारिक प्रतिनिधि सम्बन्धि नयाँ निर्देशन जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्था स्वंय तथा संस्थाद्धारा नियुक्त व्यवसायिक आधिकारिक प्रतिनिधि मार्फत समेत शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्न पाउने भएका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्दा नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी दिनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा खाता भएका ग्राहकहरुलाई संस्था स्वयं वा एजेन्टमार्फत पोइन्ट अफ ट्रान्जेक्सन मेसिनको माध्यमबाट कार्ड प्रयोग गरी महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्न सक्नेछन् । जसमा खातामा नगद जम्मा गर्ने तथा भुक्तानी प्रदान गर्ने र रकामान्तर गर्ने, ग्राहकको खाताको मौज्दात वा कारोबार विवरण प्रदान गर्ने र स्वीकृति कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्न पाउनेछन् ।

शाखासहित बैंकिङ्ग सेवा सञ्चालन गर्न सञ्चालक समितिले पारित गर्नुपर्नेछ । त्यस्तै, शाखासहित बैंकिङ्ग सेवा बन्द गर्न केन्द्रिय बैंकको स्वीकृति अनिवार्य गरेको छ ।


प्रतिक्रिया दिनुहोस्