केही बैंकका कारण समग्र बैंकिङ क्षेत्रनै बदनाम बन्योः अध्यक्ष गोल्यान « Arthapath.com
२३ माघ २०७८, आईतवार

केही बैंकका कारण समग्र बैंकिङ क्षेत्रनै बदनाम बन्योः अध्यक्ष गोल्यान



काठमाडौं । बैंक तथा बित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले एक दुई बैंकले गर्दा समग्र बैकिङ क्षेत्र बदनाम बन्न पुगेको बताए । एक दुई बैंकले गलत गरेमा उनिहरुलाइ नै कामकारबाही गर्नुपर्ने नकि सम्पुर्ण बैंकलाई कामकारबाही गर्नुपर्छ ।

रास्ट्र बैंक, अर्थ मन्त्रालय र निजी क्षेत्रको सहकार्य गरेर अघि बढ्नु पर्ने अध्यक्ष गोल्यानले बताए । तरलता अभाव सम्बन्धि प्रतिवेदन सार्बजनिक कार्यक्रममा बोल्दै गोल्यानले यस्तो बताएका हुन् ।

१ करोड भन्दा बढी कर्जा २ प्रतिशत बेस रेट राख्दा त्यो प्रभावकारी हुन नसक्ने अध्यक्ष गोल्यान बताउँछन् । गाउँमा रहेको पुजी ल्याउन बित्तीय साक्षरता कार्यक्रम गर्नुपर्ने उनले बताए।

रास्ट्र बैंक एक्लैले मात्रै यी सबै काम गर्न नसक्ने भएकाले सबैको हातेमालोको आवस्यकता रहेको उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्