कुमारी बैंकबाट भिआरएसमा विदा भए अनुज र मनिष, कामु सीईओमा खनाल « Arthapath.com
२४ माघ २०७८, सोमबार

कुमारी बैंकबाट भिआरएसमा विदा भए अनुज र मनिष, कामु सीईओमा खनाल



काठमाडौं । कुमारी बैंकको सीईओ अनुजमणी तिम्सेनाले राजिनामा दिएका छन् । सोमबार साँझ बसेको संचालक समितिको बैंठकमा कामु सीईओ रहेका तिम्सेना र डेपुटी सीईओ रहेका मनिष तिम्सेनालाई मोटो भिआरएसमा विदा गरेको हो ।

संचालक समितिले भिआरएस स्किम ल्याएको त्यसमा आफुले अप्लाइ गरेको अनुजमणी तिम्सेनाले बताए । बैंक संचालक समिति बैठकले कायम मुकायम सीईओको म्मिेवारी रामचन्द्र खनाललाई दिएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्