इन्भेष्टमेन्ट बैंकका ‘थर्ड पर्सन’ले दिए राजिनामा « Arthapath.com
५ असार २०८३, शुक्रबार

इन्भेष्टमेन्ट बैंकका ‘थर्ड पर्सन’ले दिए राजिनामा



काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बरिष्ठ नायब महाप्रबन्धक रविन सिजापतीले राजिनामा दिएका छन् ।

उनले यही असार मसान्तदेखि लागू हुने गरी राजिनामा दिएको बैंक प्रशासनले पुष्टि गरेको छ ।

सिजापतीले आफ्नो व्यक्तिगत कारण देखाएर बैंकबाट राजिनामा दिएका हुन् । हालैमात्र बैंकको एउटा लिलामी प्रक्रियालाई लिएर राज्यका अनुसन्धानकारी निकायहरुले सक्रीयता देखाए लगत्तै उनको राजिनामालाई बजारमा चासोका साथ हेरिएको छ ।

तर सिजापती स्वयंले भने यसबारे कुनै धारणा नराखेको बैंकको मानव संसाधन विभागले बताएको छ ।

सिजापती बैंकमा तेस्रो बरियतामा थिए । प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालपछि उनी उच्चपदमा आशिन थिए ।

यो पद पनि ‘डेपुटी सीईओ’ सरहकै हो ।

अब उनी पछिका एक जनालाई त्यो पदमा बढुवा गर्ने हो भने बैंकमा ४ जना प्रतिस्पर्धी देखिएका छन् । जसमा सचिन टिबरेवाल। सुजाता जोशी, प्रज्ञा पाण्डे र राजेश शर्मामध्ये कोही उकको बढुवा हुने संभावना छ ।

बैंकले बाहिरबाट डेपुटी सीईओ लैजानसक्ने संभावना पनि रहेको मानव ंसाधन विभागका अधिकारीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्