बैंक तथा वित्तीय संस्थामा निक्षेप ३.८ प्रतिशत बढ्यो « Arthapath.com
२६ माघ २०७८, बुधबार

बैंक तथा वित्तीय संस्थामा निक्षेप ३.८ प्रतिशत बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.८ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.५ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षके ६ महिनामा बैंक तथा वित्तीय संस्थाको चल्ती खाताको निक्षेप ८.५ प्रतिशत, बचतमा ३०.३ प्रतिशत, मुद्दती निक्षेप ५४.४ प्रतिशत र अन्य ६.८ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा चल्ती ८.५ प्रतिशत, बचत ३३.६ प्रतिशत, मुद्दती ४९.२ प्रतिशत र अन्य ८.७ प्रतिशत रहेको थियो ।

२०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९.२ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ४२.५ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्