अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी २ खर्ब ६० अर्ब भारतीय रुपैयाँ खरिद « Arthapath.com
२६ माघ २०७८, बुधबार

अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी २ खर्ब ६० अर्ब भारतीय रुपैयाँ खरिद



काठमाडौं । चालु आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड रुपैयाँ गरी कुल ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ गरी कुल २ खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो ।

समीक्षा अवधिमा रिपोमार्फत् ३ खर्ब २३ अर्ब ८५ करोड रुपैयाँ, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ३० खर्ब १५ अर्ब ८९ करोड रुपैयाँ गरी कुल ३३ खर्ब ६६ अर्ब ९६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर ६६ करोड ७४ लाख खुद खरिद गरी ८० अर्ब २६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी २ खर्ब ५१ अर्ब २ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी २ खर्ब ६० अर्ब ७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ४ करोड बिक्री गरी २ खर्ब ४१ अर्ब ३१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।


प्रतिक्रिया दिनुहोस्