राष्ट्र बैंकले गर्याे ४७ वर्गका १३ सय वस्तुमा कडाई, यी बस्तुमा १०० प्रतिशत मार्जिन « Arthapath.com
२७ माघ २०७८, बिहीबार

राष्ट्र बैंकले गर्याे ४७ वर्गका १३ सय वस्तुमा कडाई, यी बस्तुमा १०० प्रतिशत मार्जिन



काठमाडौं । नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाई गरेको छ । आयात प्रतिस्थापन गर्नको लागि राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले कुल ४७ वटा होर्मोनिक कोडबाट आयात हुने वस्तुको आयातमा कडाई गरेको हो ।

४७ वर्गअन्तर्गतका करिब १३ सय वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा मूल्यको ५० देखि शतप्रतिशतसम्म रकम (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्थामार्फत राष्ट्र बैंकले ती वस्तुको आयातमा कडाइ गरेको हो ।

परिपत्रमा एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको हो । राष्ट्रबैंकले अब विदेशबाट आयात हुने तयारी पोशाक तथा कपडा, ड्राइ फुड, माछा, मासु लगायतका वस्तु आयातमा गर्न कडाइ गरेको हो । होर्मोनिक कोड ०३ बाट सुरु हुने माछा र माछाजन्य अन्य परिकारको आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ ।

हार्मोनिक कोड ८७०३, ८७११, ६०, ६१, ६२ र ६३ बाट सुरु हुने वस्तुहरुको आयातको लागि एसली खोल्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था छ ।

यस्तै, राष्ट्र बैंकले परफ्युम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्फु, काठ, काठको कोइला र फर्निचर, जुत्ता, चप्पल लगायतका सामान आयात गर्दा पनि शतप्रतिशत मार्जिन लगाउनु पर्ने व्यवस्था गरेको छ ।

यसअघि २० वर्गअन्तर्गतका करिब साढे तीन सय वस्तु आयातका लागि खोलिने एलसीमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको थियो । उक्त व्यवस्थापछि ती वस्तुको आयातमा कमी आएको छ ।


प्रतिक्रिया दिनुहोस्