ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा « Arthapath.com
२ फाल्गुन २०७८, सोमबार

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै उक्त एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकको ४९औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले गरेका हुन् ।

“सबैका लागि बैंक” भन्ने नाराका साथ २७ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्