साताको अन्तिम दिन सेयर बजारमा झिनो सुधार, कारोबार रकम साढे ४ अर्ब माथि
काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन शुक्रबार सेयर बजारमा झिनाे सुझार देखिएकाे छ। यस साता लगातार घटेकाे नेपाल स्टक एक्सचेञ्ज नेप्से आज १.६३ अंकले बढेर २७ सय २ दशमलव ११ बिन्दुमा राेकिएकाे छ।
नेप्से परिसूचक सँगै यसदिन काराेबारमा पनि सुधार देखिएकाे छ। आज ३५३ कम्पनीकाे १ कराेड ९ लाख २२ हजार ५२५ कित्ता सेयर ४ अर्ब ५३ कराेड ४९ लाख ८३ हजार रूपैयाँमा काराेबार भएकाे छ।
हिजाे ३४७ कम्पनीकाे ७७ लाख ४३ हजार ३० कित्ता सेयर ३ अर्ब ४१ कराेड ४८ लाख २३ हजार रूपैयाँमा काराेबार भएकाे थियाे ।
आज वाणिज्य बैंक, विकास बैंक, हाेटल तथा पर्यटन, म्युच्युअल फण्ड, निर्जीवन बीमा र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् ।
यसदिन ११६ कम्पनीकाे सेयर मूल्य बढेकाेमा १४० कम्पनीकाे सेयर मूल्य घटेकाे छ। यस्तै १७ कम्पनीकाे सेयर मूल्यमा कुनै घटबढ भएकाे छैन ।
आज एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशत र सोपान फर्मास्विटिकल्सको सेयर मूल्य १४.०२ प्रतिशत बढेकाे छ।












