राष्ट्र बैंकमा कर्मचारी आवश्यकता « Arthapath.com
१० चैत्र २०७८, बिहीबार

राष्ट्र बैंकमा कर्मचारी आवश्यकता



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी मागेको छ । राष्ट्र बैंकले करार अवधिका लागि अधिकृत (टाएपिष्ट, डिजाइनर तथा कम्पाइलर) पदका लागि ५ जना र अधिकृत (सिक्का मुद्रण तथा टकमरी) पदका लागि १ जना कर्मचारी मागेको हो ।

टाएपिष्ट, डिजाइनर तथा कम्पाइलर पदका लागि स्नातक तह उतीर्ण तथा प्रेश वा प्रकाशनसँग सम्वन्धित संगठित संस्थामा कम्तिमा ५ बर्षको अनुभव हुनुपर्ने छ । त्यस्तै, सक्का मुद्रण तथा टकमरी पदका लागि मेकानिकल इन्जिनियरिङ विषयमा डिप्लोमा उतीर्ण गरेको हुनुपर्ने छ ।

करार सेवा अवधि ६ महिना हुनेछ भने कार्यसम्पादन सन्ताृेषजनक भएमा नवीकरण हुन सक्ने राष्ट्र बैंकलृ जनाएको छ । राष्ट्र बैंकको नियमानुसार करानामामा उल्लेख भएबमोजिम पारिश्रमिक तथा अन्य सेवा सुविधा हुनेछ ।

इच्छुक उम्मेद्वारले चैत्र १० गतेदखि चैत्र २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्