राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्त संस्थाको मुद्दतिमा २ अर्ब रुपैयाँ लगानी गर्ने « Arthapath.com
१३ बैशाख २०७९, मंगलवार

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्त संस्थाको मुद्दतिमा २ अर्ब रुपैयाँ लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको २ अर्ब रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले २०७९ जेठ ३ गतेदेखि २०८० जेठ २ गतेसम्म ३६५ दिनका लागि मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड ५ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३० करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले वैशाख २० गतेसम्म आफूले लिन चाहेको रकम र ब्याजदर समेत खुलाएर पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्