नाडेप लघुवित्तका अधिकांश सूचकमा गिरावट, नाफा ५० प्रतिशतसँगै ईपीएस २१.८५ रुपैयाँ घट्यो « Arthapath.com
१४ बैशाख २०७९, बुधबार

नाडेप लघुवित्तका अधिकांश सूचकमा गिरावट, नाफा ५० प्रतिशतसँगै ईपीएस २१.८५ रुपैयाँ घट्यो



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४९.९८ प्रतिशत घटेर ५ करोड ६९ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ११ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १९.१४ प्रतिशत घटेर २९ करोड १७ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३६ करोड ७ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ५१.२० प्रतिशत घटेर ८ करोड ६७ लाख ७८ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ, जगेडा कोष ३.४० प्रतिशत बढेर ३३ करोड ७९ लाख ४५ हजार रुपैयाँ, सापटि रकम २.५२ प्रतिशत बढेर २ अर्ब १२ करोड ७४ लाख ८८ हजार रुपैयाँ, निक्षेप संकलन १३.८६ प्रतिशत बढेर १ अर्ब ७१ करोड ८७ लाख ३३ हजार रुपैयाँ र कर्जा ११.६५ प्रतिशत बढेर ४ अर्ब ८७ करोड ११ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८५ पैसा घटेर १५ रुपैयाँ ६२ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्