हालै आईपीओ जारी गरेको राष्ट्र उत्थान लघुवित्तको फड्को, नाफा ७०.२० प्रतिशत बढ्दा अन्य सूचक कस्ता ? « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

हालै आईपीओ जारी गरेको राष्ट्र उत्थान लघुवित्तको फड्को, नाफा ७०.२० प्रतिशत बढ्दा अन्य सूचक कस्ता ?



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ७०.२० प्रतिशत बढेर ५ करोड ५५ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड २६ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ३५.६१ प्रतिशत बढेर १६ करोड ४१ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १२ करोड २१ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ७४.२२ प्रतिशत बढेर ८ करोड ८१ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.५७ प्रतिशत बढेर २६ करोड रुपैयाँ, जगेडा कोष ६७ प्रतिशत बढेर १७ करोड ३५ लाख २५ हजार रुपैयाँ, सापटि रकम २४.९० प्रतिशत बढेर २ अर्ब १३ करोड ९२ लाख ९२ हजार रुपैयाँ, निक्षेप संकलन १५.२४ प्रतिशत बढेर ७७ करोड ९१ लाख २४ हजार रुपैयाँ र कर्जा २७ प्रतिशत बढेर ३ अर्ब १९ करोड ७१ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४९ पैसा रहेको छ । लघुवित्तले हालै सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्