नेरुडे लघुवित्तको नाफा २०.५३ प्रतिशत बढ्दा ईपीएस ४१.०७ रुपैयाँ

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २०.५३ प्रतिशत बढेर १८ करोड ४८ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ३३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १८.०२ प्रतिशत बढेर ४७ करोड ८७ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४० करोड ५६ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको सञ्चालन नाफा २९.५५ प्रतिशत घटेर १७ करोड १४ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २१.४९ प्रतिशत बढेर ६० करोड रुपैयाँ, जगेडा कोष २१.१६ प्रतिशत बढेर ७१ करोड ५९ लाख ३ हजार रुपैयाँ, सापटि रकम ३६.७५ प्रतिशत बढेर ५ अर्ब २५ करोड ४९ लाख ९९ हजार रुपैयाँ, निक्षेप २०.२७ प्रतिशत बढेर ३ अर्ब १० करोड ५४ लाख ९५ हजार रुपैयाँ र कर्जा २७.६४ प्रतिशत बढेर ९ अर्ब ९६ करोड ४६ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३३ पैसा घटेर ४१ रुपैयाँ ७ पैसा रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २१९.३२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८६ गुणा रहेको छ ।