धौलागिरी लघुवित्तको अधिकांश सूचकमा छलाङ, नाफा ४१.६४ प्रतिशत बढ्दा कुन सूचकमा कति प्रगति ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ४१.६४ प्रतिशत बढेर २ करोड ३३ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ करोड ६४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.१० प्रतिशत बढेर ७ करोड ६९ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड १० लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको सञ्चालन नाफा २६.७३ प्रतिशत घटेर १ करोड ५१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको २ करोड ७ लाख रुपैयाँ सञ्चालन नाफा रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ, जगेडा कोष ५७.५५ प्रतिशत बढेर १० करोड ६८ लाख ९५ हजार रुपैयाँ, सापटि रकम १०९.५९ प्रतिशत बढेर ६१ करोड १३ लाख ४३ हजार रुपैयाँ, निक्षेप संकलन २४.९० प्रतिशत बढेर ६५ करोड ३१ लाख ६७ हजार रुपैयाँ र कर्जा ४५.२७ प्रतिशत बढेर १ अर्ब ४४ करोड ५६ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६ पैसा बढेर ४४ रुपैयाँ ४२ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३१.३६ रुपैयाँ रहेको थियो ।
लघुवित्तले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने तयारीमा रहेको छ । लघुवित्तले ३ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन ग प्रक्रियामा रहेको छ ।
