डिप्रोक्स लघुवित्तको खुद नाफामा प्रभावित, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२६ बैशाख २०७९, सोमबार

डिप्रोक्स लघुवित्तको खुद नाफामा प्रभावित, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा खुद नाफा १५.८३ प्रतिशतले घटेर ४३ करोड ६१ हजार ३३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

चैत समान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा भने सुधार आएको छ । यस अवधि लघुवित्तको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर १ अर्ब २ करोड ११ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९८ करोड ६८ लाख ८१ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको संचालक नाफा २३.४० प्रतिशतले बढेर ६२ करोड १४ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा लघुवित्तको संचालन नाफा ५० करोड ३६ लाख ५० रुपैयाँ रहेको थियो ।

तेस्रो त्रैमाससम्मको अवधिमा लघुवित्तको चुक्तापूँजी २० प्रतिशतले बढेर १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार रुपैयाँ, जगेडा २८.५० प्रतिशतले बढेर १ अर्ब ४५ करोड ९१ लाख ५९ हजार रुपैयाँ, सापटी ५.१३ प्रतिशतले बढेर ७ अर्ब ८५ करोड ४३ लाख ३९ हजार रुपैयाँ, निक्षेप २२.४९ प्रतिशतले बढेर ७ अर्ब ७३ करोड २ लाख ९६ हजार रुपैयाँ र कर्जा १५.८२ प्रतिशतले बढेर १७ अर्ब ५० करोड २४ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १७ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्