किसान लघुवित्तको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण कस्तो ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार खुद नाफामा गिरावट आएको छ ।
चैत समान्तसम्मको अवधिमा लघुवित्तको खुद नाफा ४०.६२ प्रतिशतले घटेर ५ करोड १५ लाख ५४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ८ करोड ६६ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानी घट्दा खुद नाफा पनि प्रभावित भएको हो । सो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.५७ प्रतिशतले घटेर २५ करोड ६८ लाख ९२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६ करोड ९१ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।
साथै चैत मसान्तसम्मको अवधिमा लघुवित्तको संचालन नाफा ३३.७८ प्रतिशतले घटेर ७ करोड ४९ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको संचालन नाफा ११ करोड ३२ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ, जगेडा १०५.९३ प्रतिशतले बढेर ३७ करोड ६९ लाख ३९ हजार रुपैयाँ, सापटी ३.९८ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ४८ लाख १६ हजार रुपैयाँ, निक्षेप १८.७४ प्रतिशतले बढेर १ अर्ब ३२ करोड ५९ लाख ८१ हजार रुपैयाँ र कर्जा १८.०४ प्रतिशतले बढेर ६ अर्ब ६४ करोड ८३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ८७ पैसा छ ।