सूर्योदय वोमी लघुवित्तको खुद नाफा १० करोड २५ लाख, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२७ बैशाख २०७९, मंगलवार

सूर्योदय वोमी लघुवित्तको खुद नाफा १० करोड २५ लाख, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्ष भन्दा घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आईपुग्दा लघुवित्तको खुद नाफा ५.४५ प्रशितले घटेर १० करोड २५ लाख ६९ हजार रुपैयाा पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १० करोड ८४ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ ।

चैत मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३९.१४ प्रतिशतले बढेर ३० करोड ८० लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तका खुद ब्याज आम्दानी २२ करोड १३ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

सो अवधिमा कम्पनीको संचालन नाफा पनि ७.२५ प्रतिशतले घटेर १५ करोड ९७ लाख ७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको संचालन नाफा १७ करोड २१ लाख ९४ हजार रुपैयाँ कमाएको थियो ।

समिक्षा अवधिमा लघुवित्तको चुक्तापूाजी ९२.२६ प्रतिशतले बढेर ७९ करोड १९ लाख ८५ हजार रुपैयाँ, जगेडा १११.८७ प्रतिशतले बढेर ५१ करोड ८९ लाख २९ हजार रुपैयाँ, सापटी १८६.७४ प्रतिशतले बढेर ६ अर्ब ३२ करोड २४ लाख ४७ हजार रुपैयाँ, निक्षेप १६०.५२ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ७३ लाख ४२ हजार रुपैयाँ र कर्जा १४४ प्रतिशतले बढेर ११ अर्ब १४ करोड १३ लाख ७५ हजार रुपैयाँमा रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ५२ पैसा छ । वोमी र सूर्योदय लघुवित्तले चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनी एक भएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस्