जाल्पा सामुदायिक लघुवित्तको खुद नाफा साढे ८ करोड, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८।०७९को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफामा सुधार आएको छ ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा लघुवित्तको खुद नाफा ३७.२५ प्रतिशतले बढेर ८ करोड ६४ लाख २९ रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ६ करोड २९ लाख ७३ हजार रुपैयाँमा सिमित रहेको थियो ।
चैत मसान्तसम्मको अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउदा खुद नाफा समेत बढेको देखिएको छ । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७.४३ प्रतिशतले बढेर २६ करोड ८५ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १७ करोड ५ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा ९१.९४ प्रतिशतले बढेर १० करोड ३३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको संचालन नाफा ५ करोड ३८ लाख ६९ हजार रुपैयाँमा सिमित भएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका लघुवित्तको चुक्ता पूँजी ४८.४२ प्रतिशतले बढेर १६ करोड रुपैयाँ, जगेडा ४४.९३ प्रतिशतले बढेर ३८ करोड ६० लाख ६३ हजार रुपैयाँ, सापटी ४५.४२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ५ लाख १६ हजार रुपैयाँ, निक्षेप १५.०८ प्रतिशतले बढेर २ अर्ब ४२ करोड ५१ लाख २४ हजार रुपैयाँ र कर्जा ३०.१६ प्रतिशतले बढेर५ अर्ब ४ करोड ९ लाख रुपैयाँ रहेको छ ।
जाल्पाको वार्षिक प्रतिसेयर आम्दानी ७२ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ ३४१ रुपैयाँ २८ पैसा छ ।