हिमालयनसँग मर्जर टुटेपछि मेगासँग कुरा अघि बढाउँदै इन्भेष्टमेन्ट बैंक, स्वाप रेसियो कति ?

काठमाडौं । हिमालयन बैंकसँग एमओयू गरेर अन्तिम साधारणसभामा आएर भाँडिएको इन्भेष्टमेन्ट बैंकको मर्जर फेरी अर्को बैंकसँग अघि बढेको हो । २ सातादेखी मेगा बैंकलाई अक्वायर गर्न प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कुरा अघि बढाएका थिए ।
प्रभुसँग भन्दा इन्भेष्टमेन्ट बैंकसँग कुरा अघि बढेको बैंक स्रोतले जनाएको छ । सीईओ खाली भएको अवस्थामा राम्रो स्वाप रेसियो लिएर मर्जरमा जान इन्भेस्टमेन्टका प्रमोटरहरु राजी भएका हुन् । गत वर्ष चैत्रमा हिमालयन बैंकसंगको मर्जरपछि राष्ट्र बैंकबाट कार्यवाही भोगेको इन्भेष्टमेन्ट बैंकले छिटो भन्दा छिटो कुनै न कुनै बैंक अक्वायर गर्ने तयारीमा छ ।
बैंकहरु मर्जरको लागी दौडधुप गरिरहेको अवस्थामा मेगा बैंकले पनि स्वाप बढी मागेर सेयरधनी खुसी बनाउन लागिपरेको छ । मेगा बैंकले इन्भेष्टमेन्ट बैंकसँग १ः१ मै मर्ज गर्न प्रस्ताव गरेको छ । तर इन्भेष्टमेन्ट बैंकले आफ्नो १ सय कित्ता बराबर ८० रुपैँया दिने प्रस्ताव गरेको छ । १०० र ८० को वीचमा ९० मा कुरा मिल्ने धेरैले आकलन गरेका थिए । ९० रुपैयामा पनि मेगाले नमानेको स्रोतको दावी छ ।
एक अर्कालाई कमजोर देख्नुभन्दा स्वतन्त्र डिडिए गरेर भ्यालुएसन गर्न दुबै बैंक तयार भएपछि अहिले दुई बैंकको आन्तरिक डिडिए भैरहेको छ । मिडियाबाट जे आउँछ त्यसैमा दुबै तर्फका संचालकहरु राजी हुने बताएका छन् । दुई बैंकको मर्जरको टुङ्गो अर्को साता लाग्ने जनाइएको छ ।