ग्रामिण विकास लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौैं । ग्रामिण विकास लघुुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न लेखापरिक्षक नियुक्त गरेको जनाएको हो ।
कम्पनीको २०७८ साल फागुन २२ गतेको संचालक समितिको बैठकबाट सिफारिस भएबमोजिम आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षणको कार्य गर्न एनबिएसएम एण्ड एसोसियट्स, नारायणचौर नक्साल, काठमाडौंलाई नियुक्त गरेको हो ।
उक्त प्रस्ताव २०७८ फागुन २८ गते बसेको सातौं वार्षिक साधारण सभाबाट पारित भएको हो ।
