प्रतिकित्ता ७ सय रुपैयाँमा सिभिल लघुवित्तको शेयर बिक्रीमा « Arthapath.com
२४ जेष्ठ २०७९, मंगलवार

प्रतिकित्ता ७ सय रुपैयाँमा सिभिल लघुवित्तको शेयर बिक्रीमा



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको २१ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

लघुवित्तका संस्थापक शेयरधनी सुरज अधिकारीले १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीले ६ हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सक्नेछन् ।

शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेको भए पनि सो अवधि भित्र कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणलाई शेयर बिक्री खुला गरेको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय चावहिल, काठमाडौंमा पेश निवेदन गर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्