तपाईको हितग्राही खातामा ३० प्रतिशत बोनस शेयर आयो ? आएको छैन् भने यसो गर्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै बोनस शेयर डिम्याट खातामा जम्मा गरेको जनाएको हो ।
गत पुस १० गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात हितग्राही खातामा जम्मा गरिदिएको हो । २०७८ साल मंसिर ३० गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरूको बोनस शेयर हितग्राही खातामा जम्मा गरिसकिएको र त्यसपछि शेयर अभौतिकीकरण गराएका सदस्यको हकमा क्रमश गराउँदै जाने भएकाले हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरूलाई यथासिघ्र गराउन कम्पनीले भनेको छ ।
यस वर्ष कम्पनीले गत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव पारित गरेको थियो ।
