एनआईबिएल र मेगा बैंकले मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरे, चुक्ता पूँजी ३२.८१ अर्ब रुपैयाँ पुग्ने « Arthapath.com
२७ जेष्ठ २०७९, शुक्रबार

एनआईबिएल र मेगा बैंकले मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरे, चुक्ता पूँजी ३२.८१ अर्ब रुपैयाँ पुग्ने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि शुक्रबार सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच दुवै बैंकबीच मर्जर गर्ने सम्झौता भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले मर्जरका सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता शेयर पाउने छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्न प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी महादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी रुपैयाँ अर्ब रुपैयाँ पुग्नेछ । जुन सबैभन्दा धेरै चुक्ता पूँजी भएको वाणिज्य बैंक बन्नेछ ।

जगेडा कोष २२ अर्ब ३५ करोड २२ लाख ६ हजार र खुद नाफा ४ अर्ब ४९ करोड १७ लाख ९६ हजार रुपैयाँ पुग्नेछ । मर्जरपश्चात बैंकको शाखा संख्या ३१६ वटा र एटिएम २७१ वटा पुग्नेछन् । मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब २७ अर्ब ६२ करोड ३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ । मर्जरपश्चात हरेक क्षेत्रमा सबैभन्दा ठूलो बैंक बन्ने छ ।

मर्जर प्रक्रियामा गएपछि सोमबारदेखि एनआईबिएल र मेगा बैंकको शेयर कारोबार रोक्का हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्