पोखरेललाई डेपुटी सीईओ दिन नमानेपछि भाँडियो हिमालयन–सिभिल मर्जर, सिटिजन्सतर्फ मोडियो सिभिलको यात्रा

काठमाडौं । लामो छलफलपछि हिमालयन बैंक र सिभिल बैंकको मर्जर भाँडिएको छ । गत शुक्रबारलाई दुई बैंकको एमओयूको तयारी भएपनि अन्त्यिमा आएर कर्मचारी मिलानमा कुरा नमिलेपछि मर्जर भाँडिएको हो ।
१ साता हिमालयनले सम्मानजनक कर्मचारी समायोजनको खाका ल्याउला भनेर कुरेको सिभिल बैंक समय घर्किन लागेपछि सिटिजन्स बैंकसंग मर्जरको कुरा चलेको छ । हाल सिभिल बैंकको अध्यक्ष प्रवलजंग पाण्डे रहेका छन् भने सिटिजन्स बैंकमा उनका दाजु प्रतापजंग पाण्डे संचालक रहेका छन् । दुबै बैंकमा पाण्डे समुहको लगानी रहेको छ ।
मर्जरमा सबै कुरा मिलेपनि हिमालयन बैंकले सिभिल बैंकको सीईओ रहेका शुनिल पोखरेललाई डेपुटी सीईओ दिन तयार नभएपछि मर्जर भाँडिएको हो । पछिल्लो समय सिभिल बैंकमा सीईओ पोखरेल हावी हुँदै आएका छन् । संचालक लेवलमा कुरा मिलेपनि पोखरेललाई हिमालयनले डेपुटी सीईओ बनाउन नमानेपछि अन्त्यमा मर्जर भाँडिएको स्रोतको दावी छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्रति ८१ रुपैयाँ स्वापमा अक्वायर गर्न तयार भएको थियो । कर्मचारीलाई कुनै पेलाइ नहुने गरी अघि बढेको मर्जर डेपुर्टी सीईओमा आएर अड्कीएको हिमालयन बैंकका सीईओ अशोक राणाले बताए । ‘हामीले अन्य कर्मचारी हटाउन वा तह घटाउने कुरा गरेका थियनौं खाली डेपुटी सीईओको कारण मर्जर भाँडिएको भन्ने अनलाइनबाट सुने राणाले अर्थपथसंग भने ।’
सिभिलको यात्रा सिटिजन्सतर्फ
सिभिल र सिटिजन्स बैंकमा पाण्डे समुहको क्रसहोल्डिङ रहेको छ । सिटिजन्स बैंकले सिभिल बैंकलाई अवायर गर्न राजि भएको छ । सिटिजन्सले आफ्नो १०० कित्ता सेयर बराबर सिभिलका लगानीकर्ताले ९७ कित्ता सेयर पाउनेगरी एमओयूको ड्राफ तयार भएको छ । दुबै पक्षको मर्जर कमिटीमा छलफल भएर एमओयूको तयारीमा जुटेका छन् । सिटिजन्सले सिभिलका केही संचालकको प्रतिनिधित्व गराउने आश्वासन दिएको छ भने कर्मचारीको सम्मानजनक समायोजन हुने विश्वास दिलाएको छ ।
सिटिजन्ससंग मर्जरपछि सिभिल बैंकका सीईओ पोखरेल डेपुटी सीईओ बन्नेछन् । सिटिजन्स बैंका हाल सिईओ गणेशराज खोखरेल रहेका छन । सबै कुरा टुङ्गाएर बुधबारनै एमओयू हुने स्रोतको दावी छ ।