आज मौद्रिक नीति आउने, राष्ट्र बैंक सञ्चालक समिति बैठक बस्दै « Arthapath.com
५ श्रावण २०७९, बिहीबार

आज मौद्रिक नीति आउने, राष्ट्र बैंक सञ्चालक समिति बैठक बस्दै



काठमाडौं । अन्ततः नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक आज शुक्रवार ल्याउने भएको छ । मौद्रिक नितीको तयारीबारे राष्ट्र बैङ्कको म्यानेजमेन्ट टिमको बैठक बिहीबार सम्पन्न भएको छ । 

मौद्रिक नीतिको ड्राफ्ट तयार भएको र आज शुक्रवार बिहान बस्ने राष्ट्र बैंककाे बोर्ड बैठकले पास गरे लगत्यै सार्वजनिक गरिने तयारी रहेको छ । राष्ट्र बैङ्कका डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले शुक्रवार मौद्रिक नीति सार्वजनिक हुने बताउनुभयो ।संभवभ भएसम्म राष्ट्र बैंक छिट्टै मौद्रिक नीति सार्वजनिकको तयारीमा रहेको ढुङ्गानाले बताउनुभयो । 

राष्ट्र बैङ्कको सञ्चालक समितिमा कसैले अध्ययनको लागी भनेर समय नमागेको खण्डमा मौद्रिक नीति शुक्रवारै सार्वजनिक हुने बताइएको छ । यसअघि पनि अध्ययनको लागी भन्दै सञ्चालकहरूले मिडियामा सूचना चुहाएको भन्दै यस पटक गभर्नर धेरै समय लिने पक्षमा छैनन् । यद्येपी गभर्नरलाई अफ्ठेरो पार्ने तत्त्वहरूको पनि कमी नरहेकाले भरसक भोलीनै सार्वजनिकको तयारीमा राष्ट्र बैङ्क रहेको छ । 

राष्ट्र बैङ्कको सञ्चालक समितिमा छलफल पछि पारित गरे लगत्तै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैङ्कको तयारी रहेको छ । विगतमा बोर्ड बैठकबाट सूचना चुहिएको भन्दै यस पटक तत्कालै सार्वजनिकको तारी रहेको छ । अर्थतन्त्र खराब अवस्थामा रहेको भन्दै राष्ट्र बैङ्कले नियन्त्रण गर्ने खालको नीति लिने तयारी गरेको छ । 

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आज मौद्रिक नीतिबारे ब्रिफिङ गरिसकेको स्रोतले बताएको छ । यस पटकको मौद्रिक नीति केही कडा हुनेछ । देशको अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने गरी मौद्रिक नीति आउने राष्ट्र बैङ्क स्रोतको दाबी छ । 


प्रतिक्रिया दिनुहोस्