मर्जर गर्ने बैंकले पुस मसान्तसम्म एकीकृत कारोबार गरे सुविधा पाउने, कुन–कुन बैंकले पाउँछन् त्यस्तो सुविधा ?  « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

मर्जर गर्ने बैंकले पुस मसान्तसम्म एकीकृत कारोबार गरे सुविधा पाउने, कुन–कुन बैंकले पाउँछन् त्यस्तो सुविधा ? 



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आगामी पुष मसान्तसम्म एकीकृत कारोबार गर्नेलाई सुविधामा निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म मर्जरमा जान एमओयू गरेका बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको कर छुट लगायतका सुविधा पाउने भएका छन् । 

अव पुष मसान्तसम्म मर्जरमा जाने बैंकले सुविधा पाउने भएका छन् । अहिले मर्जरमा जान ग्लोबल आइएमई र बैंक अफ काठमान्डु, नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक, हिमालयन बैंक र सिभिल बैंकले मर्जरमा जान एमओयू गरिसकेका छन् । 

राष्ट्र बैंकले लघुवित्त र वाणिज्य बैंकले आफ्नै लेवलका संग मर्जर तथा गाभिएमा राष्ट्र प्रदान गर्दै आएको सुविधालाई निरन्तरता दिने जनाएको छ । आर्थिक वर्ष २०७९/०८०को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक र लघुवित्तलाई थप मर्जरको प्रोत्साहन गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्