खुद ब्याज आम्दानी र संचालन नाफामा छलाङ आउँदा आरएमडीसी लघुवित्तको नाफा ९९ प्रतिशतले वृद्धि

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ९९.४८ प्रतिशतले बढेर ३५ करोड ४९ लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद नाफा १७ करोड ७९ लाख १८ हजार रुपैयाँमा सिमित रहेको थियो ।
असार मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा आकाशिदा खुद नाफामा समेत छलाङ आएको देखिएको छ । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४९.५९ प्रतिशतले बढेर ६० करोड ५३ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४० करोड ४६ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
चौथो त्रैमाससम्ममा लघुवित्तको संचालन नाफा ८६.०१ प्रतिशतले बढेर ५१ करोड ४१ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने लघुवित्तको संचालन नाफा २७ करोड ६४ लाख ८ हजार रुपैयाँमा सिमित रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी २० प्रतिशतले बढेर १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ, जगेडा कोष ८.०५ प्रतिशतले घटेर १ अर्ब ३ करोड ५० लाख ९२ हजार रुपैयाँ, सापटी २९.६८ प्रतिशतले घटेर २५ करोड १५ लाख ३ हजार रुपैयाँ, कर्जा ०.२६ प्रतिशतले बढेर ११ अर्ब ६८ करोड ९७ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ ।
गत आवको असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू.२८ दशमलव ६० र प्रतिशेयर नेटवर्थ रू. २६८ दशमलव १८ रहेको छ ।